logo

कुमारी बैंक ऋण र निक्षेप बृद्धिमा समानान्तर अगाडिस् स्प्रेड बढ्दा नाफामा करिव १९% को बृद्धि

    1168   पटक पढिएको

२० माघ / अर्थ र व्यापार -  कुमारी बैंकले निक्षेप र ऋणको बिस्तार समानान्तर रुपमा गरेका कारण करिव १ प्रतिशत बिन्दुको स्प्रेड बृद्धिपछि नाफा १८.७४ प्रतिशतले बढेको छ। बैंकले ३.३८ प्रतिशतको स्प्रेडलाई ४.३७ प्रतिशत पुर्याएपछि नाफा पहिलो छ महिनामा ८० करोड ३० लाख रुपैयाँ पुगेको हो। कात्तिकदेखि पुससम्मको नाफा ४० करोड १० लाख रुपैयाँ छ।

बैंकले असार मसान्तदेखि पुस मसान्तसम्म निक्षेप ७ अर्ब ४७ करोड रुपैयाँले बढाएर ८० अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ। जबकी ऋणको बिस्तार ७ अर्ब ८० करोडले बढाएर ८० अर्ब ९२ करोड रुपैयाँ छ। 

बैंकले गत कात्तिकदेखि पुससम्म निक्षेप २ अर्ब ३७ करोडले बढाउँदा ऋण ३ अर्ब ६७ करोडले बढाएको छ। दोस्रो त्रैमासमा बैंक अझ आक्रामक देखिएको हो।

बैंकको ब्याज आम्दानी साढे १७ प्रतिशतले बढ्दा ब्याज खर्च भने १६ प्रतिशतले मात्र बढेको छ। बैंकको खुद ब्याज आम्दानी २० प्रतिशतले बढेर ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ। 

बैंकले आधार दर एक प्रतिशत बिन्दुभन्दा बढिले घटाएको छ। बैंकको आधार दर ११.५५ प्रतिशतबाट १०.४५ प्रतिशतमा झरेको छ। खराब ऋण पनि घटेको छ। खराब ऋण घटेका कारण पनि नाफामा सुधार देखिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।