logo

कुमारी बैंकद्वारा भिसा कार्डहोल्डरलाई इ–कमर्स कारोबार गर्न सक्ने  सुविधा सुरु

    1133   पटक पढिएको

२२ माघ/ अर्थ र व्यापार - कुमारी बैंक लिमिटेडले भिसा क्रेडिट कार्डहोल्डरहरुलाई इ–कमर्स कारोबारहरु गर्न सक्ने  सुविधा सुरु गरेको छ । थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा प्रत्याभूत गरिएको छ । 

कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा इ–मेल वा एसएमएसबाट ‘वान टाइम पासर्वड’ प्राप्त गर्ने छन् । यसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो सुरक्षा प्रणाली कार्यान्वयनपछि बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा उपभोक्ताको भरोसा बढ्ने विज्ञप्तिमा उल्लेख छ । कार्डहोल्डरहरुले कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको पासवर्ड पाउन सक्छन् ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।