३० साउन / अर्थ र व्यापार – कुमारी बैंकले गत आर्थिक वर्ष खुद व्याज आम्दानी एक अर्ब २९ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षमा ५२ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
बैंकले एक आर्थिक वर्षमा तीन अर्ब २६ करोड रुपैयाँको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयँ पुर्याएको छ । बैंकको जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
बैंकको पूँजी कोष अनुपात बढेको छ । बैंकको पूँजी कोष अनुपात ११.६९ प्रतिशतबाट बढेर १६.१५ प्रतिशत पुगेको हो । बैंकको खराब कर्जा १.१५ प्रतिशतबाट बढेर १.८६ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी ११ रुपैया रहेको छ ।
तपाईको प्रतिक्रिया