२४ जेठ / अर्थ र व्यापार - २६ वर्षको लामो बेकिंङ करियरपछि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले दुई बर्ष कार्यकाल बाँकी छँदैे बैंक छोडेका छन् । झण्डै आठ महिना प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत भएपछि विदा भएका कुमार लम्साल जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
पहिले रमेशकुमार भट्टराईले पदवाधि पूरा नहुँदै राजिनामा दिएपछि जनता बैंक प्रमुख कार्यकारी अधिकृत विहिन बनेको थियो । त्यसपछि लम्सालले २६ बर्षे बैंकिङ करियरलाई बाइबाइ गर्दै भोलीबाट जनता बैंक छाड्ने छन ्।
सानिमा बैकको समेत प्रमुख कार्यकारी अधिकृत लम्साल थिए। उनले नेपालको वित्तीय बजार र प्रणालीलाई नजिकबाट नियाल्नुका साथै व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका छन्। उनी अध्ययनका लागि बैंक छाड्ने निर्णयमा पुगेका हुन् ।
बैंकले नयाँ प्रमुख कार्यकारीका लागि केही पूर्व र वहालवाला बैंकका प्रमुख कार्यकारीहरुसँग कुराकानी सुरु गरिसकेको छ । आजभोली नै अर्को प्रमुख कार्यकारीसँग सम्झौता हुने जस्तो छ ।
तपाईको प्रतिक्रिया