logo

कृषि बिकास बैंक न्यूरोड शाखाका का.मु. मुख्य शाखा प्रवन्धक सहित तीन पक्राउ, ४ करोड ९१ लाख हिनामिनाको आरोप

    1643   पटक पढिएको

 

२५ मंसिर / अर्थ र व्यापार - कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न गरेको भन्दै प्रहरीले सोही शाखका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा कृषि विकास बैंक मुख्य शाखा, न्यूरोडका का.मु. मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, सोही शाखाका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा रहेको प्रहरीले जनाएको छ । बैंकको मौज्दात रकम हिनामिना गर्ने कार्यमा संलग्न प्रतिबादी रेग्मीको बयानको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई मंसिर २४ गते आइतबार पक्राउ गरी सोमबार उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु९याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गरेको आरेपमा यसआिघ प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुम सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा भिमेश्वर–६ का ४२ वर्षीय रमेशकुमार थापा लाई पक्राउ गरेको थियो ।

रकम हिनामिना गर्नमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रपछि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।