logo

आस्वा सेवा शुरु गर्दै कृषि विकास बैंक

    844   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार-आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुलाई कृषि विकास बैंक लिमिटेडले निशुल्क रुपमा आस्वा सेवा उपलब्ध गराउने भएको छ । कृषि विकास बैंक लिमिटेडका हाल ११० वटा शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० वटा भन्दा बढी शाखाबाट आस्वा सेवा संचालन गर्ने भएको छ ।

यसका साथै, आइपिएसको समेत सदस्य भएकोले बैंकका ग्राहकहरुले अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् । अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाका ग्राहकहरुले पनि उल्लेखित सुविधाहरुको उपयोग कृषि विकास बैंक लिमार्फत् गर्न पाउने छन् ।

यसका अतिरिक्त टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु उपलब्ध हुनेछन् भने अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु समेत लागु गरिंदै जाने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।