logo

अनिल उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त

    1257   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अनिल उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालनको कार्ययोजनाका आधारमा छानिएका अन्य चार प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाध्ययले सिइओमा बाजी मारेका हुन् ।
कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का, कपीलमणि ज्ञवाली र शंकर रायमाझीमध्ये सर्टलिस्ट गरि तीन जना पूर्णप्रसाद आचार्य, शंकर रायमाझी र अनिल उपाध्यायको नाम सिफारिश गरेको थियो । 

प्रमुख कार्यकारी अधिकृत छनौट समितिले बुझाएको तीन प्रतिस्पर्धीमध्ये बैंक सञ्चालक समितिले उपाध्यलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  अबको चार वर्ष उपाध्यायले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विताउनेछन् । प्रमुख कार्यकारी अधिकृत उपाध्यायको केही बेरमा नै शपथग्रहण कार्यक्रम राखिएको प्रवक्ता पौडेलले बताए । उपाध्यायसँग कृषि विकास बैंकको विभिन्न विभागमा बसेर लामो समय काम गरेको अनुभव छ । सिइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको थियो । यसअघि १७ जना आवेदकहरु मध्येबाट बैंक सञ्चालनको कार्ययोजनाका आधारमा कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी ३ जना र २ जना राष्ट्रिय वाणिज्य बैंकका पुर्व कर्मचारी छानिएका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गतेदेखि सकिएपछि बैंकको प्रमुख कार्यकारीको नियुक्ति प्रकृया थालिएको थियो । सिटौला खुल्ला प्रतिष्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । बैंकको प्रमुख कार्यकारी अधिकृत छनौट प्रकृयालाई स्वतन्त्र बनाइने भन्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको थियो । समितिमा बैंकका सञ्चालक घनाश्याम अवस्थी तथा विज्ञ गेहनाथ गौतम सदस्य रहेका थिए ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।