२५ साउन / अर्थ र व्यापार – कृषि विकास बैंकले गत आर्थिक बर्ष दुई अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष दुई अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी सात अर्ब १० करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी छ अर्ब २६ करोड रुपैयाँ गरेको थियो ।
९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ । बैंकले ८७ अर्ब ३८ करोडको निक्षेपलाई बर्ष दिनमा खर्ब नजिक पुर्याएको हो । चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको साधारण शेयर पूँजी ७ अर्ब ८ करोड रुपैयाँ छ । बैंकको गत आर्थिक बर्षमा साधारण तर्फको चुक्ता पूँजी पाँच अर्ब ११ करोड रुपैयाँ थियो । जसमा नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
बैंकको पूँजी कोष अनुपात १७.४७ प्रतिशत रहेको छ । खराब कर्जा घटाएको छ । बैंकले एक आर्थिक बर्षमा ४.३६ प्रतितशतबाट २.७९ प्रतिशतमा झारेको हो । बैकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ रहेको छ । जसमा साधारण शेयर मात्र गणना गरिएको छ ।
तपाईको प्रतिक्रिया