logo

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख हिनामिनामा गर्ने ३ जना पक्राउ

    1320   पटक पढिएको

 

 १७ मंसिर / अर्थ र व्यापार - कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुयाउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गर्ने ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको पक्राउ गरेको हो । काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुम सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा भिमेश्वर–६ का ४२ वर्षीय रमेशकुमार थापा रहेका छन् ।

रकम हिनामिना गर्नमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रपछि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई उच्च अदालत पाटनबाट मंसिर १४ गते ५ दिन म्याद थप गरिएको छ । उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।