logo

आर्थिक प्रक्षेपण प्रणाली सुधारमा नेपाललाई कोरियन बैंकले सहयोग गर्ने

    1735   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – कोरियन बैंक (बैंक अफ कोरियारबिओके) ले आर्थिक प्रक्षेपण प्रणाली, आर्थिक अनुसन्धान ढाँचा, मुद्रा व्यवस्थापन, भुक्तानी तथा राफसाफ प्रणाली कार्यानवयन, सुपरिवेक्षण तथा नियमन प्रणाली सुधारमा राष्ट्र बैंकलाई प्राविधिक सहयोग गर्ने भएको छ । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बिओके र राष्ट्र बैंकबीच यस सम्बन्ध सम्झौतामा हस्ताक्षर भएको छ ।

बिओकेका उप महानिर्देशक चुङ सो वङले यो सम्झौता अनुसार योन्जे युनिभर्सिटी सहितको कोरियन पार्टनरसीप प्रोग्रामका टोलीले यस्तो अध्ययन गरेर केही महिनामा राष्ट्र बैंकलाई प्रतिवेदन पेश गर्ने जानकारी दिए । यो प्रतिवेदन नेपालमा नै बुझाइने छ । 

नेपाल र कोरियाबीच सन् १९६९ यता कुटनितीज्ञ सम्बन्ध रहदै आएको छ । यद्यपी कोरियासँगको नेपालको व्यापार घाटा ४ करोड ५३ लाख डलर बराबर रहेको छ । नेपालबाट कोरिया तर्फ ८ लाख डलर बराबरको निर्यात हुने गरेको छ भने कोरियाबाट नेपालमा ४ करोड ६० लाख डलर बराबरको आयात हुने गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।