logo

किसान माइक्रोफाइनान्सद्वारा चैत मसान्तसम्म एक करोड ३२ लाख रुपैयाँ नाफा आर्जन

    1171   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - किसान माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा सुधार गरेको छ । कम्पनीले चैत मसान्तसम्म एक करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसै अवधिको ६३ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद नाफा १०९.६४ प्रतिशत अर्थात ६९ लाख ४३ हजार रुपैयाँले बढेको हो । लघुवित्त कम्पनीको पूँजीकोष अनुपात ८ प्रतिशतमा झरेको छ। पूँजी अभावलाई सन्तुलन गर्न कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद बिक्रीबाट सन्तुलन गर्न खोजेको छ ।

८ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवको चैत मसान्तमा वार्षिक २१ रुपैयाँ ११ पैसा रहेको लघुवित्तको इपिएस १९ रुपैयाँ ७१ पैसामा कायम भएको छ । पूँजी वृद्धि उच्च हुँदा इपिएसमा गिरावट देखिएको हो । कम्पनीले शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधारण सभाबाट पारित रहेको छ । लघुवित्तको जगेडा कोष भने ४ करोड ८ लाखबाट दुई करोड ३४ लाख रुपैयाँमा घटेको छ ।

चैत्र मसान्तमासम्मा ३४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९८ करोड ६० लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर एक अर्ब ३९ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ५ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा ५१ प्रतिशतल बढोत्तरी भएको हो । गतवर्ष लघुवित्तले तीन करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ६ पैसा छ । मूल्य आम्दानी अनुपात ४२.१६ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।