logo

एनआईसी एसिया बैंक र खल्तीद्वारा संयुक्त रुपमा विशेष बोनस अफरको घोषणा

    1054   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको  घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन् ।

यो योजना मे २, २०१९ (बैशाख १९, २०७६), एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम  १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ । प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन्  । 

यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनैपनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ । यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिन मनाउँदै आइएको छ । सुचना प्रविधि विभाग तथा विभिन्न सुचना प्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाईन्छ । हरेक वर्ष यसै दिन सुचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुराउने व्यक्तित्वहरुलाई ‘राष्ट्रिय आईसीटी पुरस्कार ’समेत प्रदान गरि सम्मान गरिन्छ ।

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ । त्यस्तै, निजी क्षेत्रको प्रमुख व्यावसायिक बैंकहरु मध्यको एक – एनआईसी एशिया बैंकको मुलुकभर २८४ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।