logo

काभ्रेमा लघुवित्त संस्थाहरूको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन सुरु

    1193   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - काभ्रेमा लघुवित्त संस्थाहरूको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन सुरु भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजना मंगलबारदेखि धुलिखेलमा सुरु भएको उक्त सम्मेलनमा २४ लघुवित्त संस्थाहरूबाट ३५ जना लघुवित्तका उच्च व्यवस्थापकीय पदाधिकारीहरूको सहभागिता छ । 

मानव संशाधन व्यवस्थापन र विकासमा देखिएका समस्या, अवरोध र चुनौतीहरूको पहिचान गरी सुधारका उपायहरू पहिल्याउन र लघुवित्त कार्यक्रमको दर्शन र सिद्धान्त अनुरुप अगाडि बढाउन चाहिने मानव संशाधन र सकारात्मक सोच भएको जनशक्ति निर्माण तथा व्यवस्थापन गर्न सीप र दक्षता वृद्धि गर्ने प्रयास यस सम्मेलनको छ । 

यस क्रममा ग्रामीण बैंक बंगलादेशका जनशक्ति विकासको सिद्धान्त, नीति र पद्धतिका बारेमा अनुभव बटुल्न उक्त बैंकको जनरल म्यानेजर मोहम्मद अबुल हुसेनबाट अनुभव प्रस्तुतीकरण गर्ने कार्य भएको छ । साथै व्यवस्थापन विज्ञ विकल शेरचनले कर्मचारीमा आवश्यक उत्प्रेरणा र प्रभावकारी संवादको महत्वबारे समेत प्रस्तुतीकरण गरे । 

यस सम्मेलनमा मानव संशाधन विकास, कर्मचारी व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, संस्थागत सुशासन, ऋण व्यवस्थापनलगायत अन्य विषयमा ग्रामीण बैंकको अभ्यास र अनुभव प्रस्तुत गर्ने र मानव संशाधनमा रहेका विद्यमान समस्या र चुनौतीका विषयमा समूहगत छलफल र प्रस्तुतिकरण कार्यक्रमसमेत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।