२३ असार / अर्थ र व्यापार – कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता हुनेका लागि २ दशमवल १४ ( १ः २.१४) को अनुपातमा हकप्रद विक्री गर्ने भएको छ ।
यो बैंकले आगामी साउन ९ गतेबाट भदौ ११ गतेसम्म हकप्रदको आवेदन दिन पनि आग्रह गरेको छ । यो बैैंकले १५ करोड रुपैयाँको चुक्ता पुँजी बढाउन ३२ करोड १० लाख रुपैयाँको उक्त सेयर जारी गरेको हो ।
यसको यही असार १८ गतेभित्र कारोबार गरेको सेयरधनीले मात्रै हकप्रदको आवेदन दिन पाउने भएका छन् । यसको सेयर आवेदन कन्काई विकास बैंक, सिद्धार्थ बैंक तथा सिद्धार्थ क्यापिटलमार्फत दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।
तपाईको प्रतिक्रिया