logo

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ६१ लाख रुपैयाँ

    1058   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६७ प्रतिशत अर्थात एक करोड ४७ लाख रुपैयाँले बढेको हो ।

गतवर्षको यसै अवधिमा बैंकले दुई करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दा र जेखिम व्यवस्थापन मार्फत फिर्ता आएको रकमको कारण बैंकको नाफा वृद्धि भएको हो । यस अबधिमा बैंकमा दुई करोड ६६ लाख रुपैयाँ जोखिम व्यवस्थापन मार्फत र्फिता आएको देखिन्छ ।

चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्मा बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब १२ करोड कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले ११ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी दुई करोड ९७ लाख रुपैयाँ अर्थात ३६.४ प्रतिशतले धेरै बढेको हो ।
यहाँ बैंकले जोखिम व्यवस्थापनको लागि ठुलै रकम व्यवस्थापन गरेको छ । गतवर्ष दुई करोड ८ लाख रुपैयाँ व्यवस्था गरेको बैंकले यस वर्ष १०६ प्रतिशतले वृद्धि गर्दै ४ करोड २९ लाख रुपैयाँमा पुर्याएको छ ।

बैंकमा निष्कृय कर्जा अनुपात सुधार भएको छ । यस त्रैमासमा बैंकमा निष्कृय कर्जा अनुपात ८३ प्रतिशत छ । गतवर्ष खराब कर्जा अनुपात २.०९ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।