२६ असार / अर्थ र व्यापार - कामना सेवा विकास बैंकले पर्वतको मोदी गाउँपालिका ६ मा नयाँ शाखा बिस्तार गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया