२६ चैत्र /अर्थ र व्यापार - कामना सेवा विकास बैंकद्वारा चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १.५ प्रतिशत अर्थात तीन करोड ७५ लाख रुपैयाँको बोनस शेयर र ८ प्रतिशत अर्थात २० करोड दुई लाख रुपैयाँ नगद लाभांस दिने भएको हो ।
बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । बोनस शेयरपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६.५ प्रतिशत नगद लाभांस र ५.५ बोनस शेयर दिएको थियो । कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा गाभिएर राष्ट्रिय स्तरको विकास बैंक भएको थियो । बैंकले घोषणा गरेको लाभांसको अन्तिम स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।
गत आर्थिक वर्षमा बैंकले ३४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । प्रति शेयर आम्दानी १३ रुपैयाँ रहेको बैंकले लाभांस ९.५ प्रतिशत दिएको छ ।
तपाईको प्रतिक्रिया