१६ बैशाख /अर्थ र व्यापार - कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार २१ करोड २१ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको भन्दा ७.०२ प्रतिशतले घटेको छ । गत आवको सोहि अवधिमा बैंकको नाफ २२ करोड ८१ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा बैंकको नाफासँगै सञ्चालन मुनाफामा पनि गिरावट देखिएको छ । २.१२ प्रतिशतले बढेर ५९ करोड ९४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यता सञ्चालन मुनाफामा भने २१.८० प्रतिशतले गिरावट आएर ३३ करोड १४ लाख ५ हजार रहेको छ । गत आवको सोहि अवधिमा ३३ करोड ८६ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
२ अर्ब ५० करोड २६ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १२ करोड ७१ लाख ५८ हजार रहेको छ । २० अर्ब २७ करोड ५५ लाख ४१ हजार निक्षेप संकलन गरेको बैंकले १७ अर्ब ९० करोड ४ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा १.९३ प्रतिशत खराब कर्जा रहेको बैंकको अहिले १.०७ प्रतिशत रहेको छ । ११ रुपैयाँ ३० पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ०४ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया