logo

कामना सेवा विकास बैंकद्वारा असार १४ गते वार्षिक साधारणसभा आह्वान

    1096   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार - कामना सेवा विकास बैंकले असार १४ गते १२औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभामा चुक्ता पूँजीको १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । १.५ प्रतिशत बोनस शेयरपछि चुक्ता पूँजी दुई अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ । 

बैंकले दोस्रो बजारलाई मध्यनजर गर्दै थोरै बोनस शेयर दिएर संस्थापक शेयरधनीहरुलाई खुसी पार्न ८ प्रतिशत नगद लाभांस दिने भएको हो । मर्जरको बहस हुँदै गर्दा बैंकहरुले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिँदै आएकोमा कामनाले भने नगद दिने भएको हो । कामना र सेवा विकास बैंक मर्ज हुनुभन्दा अगाडि अर्थात २०७४ साउन १९ गतेसम्म कायम शेयरधनीहरुका लागि कर नलाग्ने बैंकले जनाएको छ । साथै साउन १९ गतेयता कायम शेयरधनीहरुको हकमा भने कर लाग्ने भएकोले सोहि बमोजिम करको निर्धारण गरिने बैंकले जनाएको छ । 

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ ३० गते शेयर खरिद गर्नेहरुले लाभांस प्राप्त गर्न सक्ने छन् । उचित बैकसँग गाभ्ने या गाभिने विषयको निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभा लगिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।