६ जेठ /अर्थ र व्यापार - नेप्सेले कालिका लघुवित्तल वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको जनाएको छ । जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरहुने भएपछि कालिका लघुवित्तकोे सेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।
कालिका लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)का लागि सहमति भइसकेको छ । दुवै संस्थाबीच सहमति भएपछि कालिका लघुवित्तको सेयर कारोबार सोमबार (६गते) बाट रोक्का राखेको नेप्सेले जनाएको छ ।
तपाईको प्रतिक्रिया