२० मंसिर/ अर्थ र व्यापार - कालिका लघुबित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई आठ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित गरेपछि शेयरधनीले पाउने छन् । गत बर्ष संस्थाले २२.३३ प्रतिशत लाभांश दिएको थियो ।
संस्थाको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ छ । संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १२ लाख रुपैयाँ नाफा गरेको छ । बोनस वितरणपछि संस्थाको चुक्ता पूँजी १० करोड ८० लाख रुपैयाँ पुग्ने छ ।
तपाईको प्रतिक्रिया