logo

कैलाश–मानसरोवर टुर अपरेटरलाई सटही सुविधा उपलब्ध गराईने

    1697   पटक पढिएको

२७ बैशाख / अर्थ र व्यापार- नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र–२०७४ संंसोधन गरि नेपाली टुर अपरेटर मार्फत कैलाश मानसरोवर, तिव्वत जाने भारतिय पर्यटक समुहलाई नेपाली टुर अपरेटरले विक्रि गरेको कैलाश टुर प्याकेजलाई व्यवस्थापन गर्न तिब्बतस्थित विभिन्न निकायमा जम्मा गर्नुपर्ने रकमको लागी सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले विहिवार संसोधन गरेको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकवाट विदेशी विनिमय कारोवारको ईजाजत पत्र लिएका टुर अपरेटलाई सटही सुविधा उपलब्ध गराउने व्यवस्था कायम गरेको हो । यो सुविधा लिनका लागी टुर अपरेटरले ट्याक्स विल जारी गर्नुपर्ने, भारतिय नागरिकको राहदानी तथा भिसाको प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था छ ।

परिपत्र अनुसार तातोपानी वा केरुङ नाका वाहेक अन्य नाकावाट मानसरोवर जाने भारतिय तिर्थयात्रीहरुको लागी प्याकेज वापत प्राप्त भएको विदेश्ी मुद्राको ५० प्रतिशत रकमसम्म तिब्बत पठाउन सकिने उल्लेख छ ।

टुर अपरेटरहरुले सटही लिई रकम पठाएको र भ्रमण रद्ध भएको रकम फिर्ता भएको विवरण मासिक रुपमा नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।