१० मंसिर / अर्थ र व्यापार - कैलाश विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.७७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले पुँजीको १६ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित २.७७ प्रतिशत नगद लाभांश दिने भएको हो।
सञ्चालक समितिको सोमबारको बैठकले आगामी २६ औं वार्षिक साधारणसभामा पेश गर्ने गरि उक्त लाभांश घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि बैंकले साधारणसभा बोलाउने छ।
बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५२ करोड रूपैयाँ छ। ४० करोड ३२ लाख रूपैयाँ बोनस शेयर पछि बैंकको चुक्ता पुँजी २ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत वर्षको भन्दा लाभांश दरलाई बढाएको छ। गत वर्ष नगद मात्रै दिएको बैंकले यो वर्ष पुँजी बढाउन बोनस शेयर दिएको हो।
तपाईको प्रतिक्रिया