logo

कैलाश विकास बैंकको नाफा ५० करोड

    1234   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – गत आर्थिक वर्षमा कैलाश विकास बैंकले ५० करोड २६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले नाफा बढाएर बैंकले प्रतिसेयर आम्दानीमा सुधार गरेको छ । अघिल्लो वर्षको चौथौ त्रैमासमा बैंकले ३३ करोड २८ लाख खुद नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ९८ करोड ७३ लाख रुपैयाँ राखेकोे छ ।

बैंकले यस अवधिमा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा सामान्य बढेपनि एक प्रतिशत भन्दा तलै रहेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा शून्य दशमलव ८८ प्रतिशत छ । बैंकले प्रोभिजनमा ३ करोड ३६ लाख रुपैयाँ राखेको छ भने २ करोड ८७ लाख खराब कर्जा उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा छ । जून अघिल्लो आर्थिक बर्षको भन्दा ५ रुपैयाँले बढी हो । प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ९ पैसा रहेको छ । बैंकको सीसीडी रेसियो ७३ दशमलव ५९ प्रतिशत छ । बैंकको संचालन मुनाफा तथा खुद व्याज आम्दानी बढेपछि नाफा बढेको हो । बैंकले ८७ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले संचालन मुनाफा ६३ करोड ६८ लाख रुपैयाँ गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।