logo

काबेली विकास बैंकको वित्तिय विवरण सार्वजनिक

    1453   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - काबेली विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा २ करोड १२ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । यसको यस्तो नाफा गत वर्षको सोही अवधिमा १ करोड १६ लाख ८६ हजार रुपैयाँ थियो । यो विकास बैंकले चालू आवको चैतमसान्सम्ममा ८२ करोड १५ लाख रुपैयाँ निक्षेप सकलन गरेर ८० करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको चुक्ता पुँजी २८ करोड ८२ लाख रुपैयाँ छ भने यसको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ मात्रै रहेको छ ।

यसले सापटी वापत १ अर्ब ६२ करोड रुपैयाँ लिएको पनि उल्लेख छ । यो विकास बैंकले यस चालू आवको तेस्रो त्रैमाससम्ममा गरेको व्याज आम्दानी ९ करोड  ६२ लाख रुपैयाँ छ भने यसवापत गरेको खर्च ३ करोड ७८ लाख छ । व्याज आम्दानी र खर्च कटाएर भएको कुल व्याज आम्दानी भने ५ करोड ३८ लाख रहेको छ ।

यो संस्थाको पुँजी कोष ३३.५५ प्रतिशत, खराब कर्जा अनुपात २.८९ प्रतिशत छ । यसको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ६९.५७ प्रतिशत छ भने आधार व्याज दर १०.८८ प्रतिशत रहेको छ । यसको बार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा रहेको यो वित्तीय संस्थाको प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ २८पैसा रहेको यो विकास बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।