१३ असार / अर्थ र व्यापार - काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक आपसमा गाभिए पछि सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ ।
कम्पनीको एकीकृत कारोबार असार २२ गतेदेखि शुरु हुने भएको हो । गाभिए पश्चात बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा र कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा रहनेछ । एकीकृत कारोबार गर्नको लागि असार २० गते शुक्रबार दुवैको बैंकिङ कारोबार बन्द हुनेछ ।
तपाईको प्रतिक्रिया