१९ मंसिर / अर्थ र व्यापार - ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश प्रस्ताव गरेको छ । बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
बैंकको यो आठ वर्ष यताकै उच्च लाभांश हो । बैकले वितरण योग्य नाफा र जगेडा कोषबाट उक्त लाभांश दिने निर्णय गरेको हो । गत वर्ष ८.४ प्रतिशत लाभांश दिएको थियो । यसअघि उसले आर्थिक वर्ष २०६९र७० मा १२.६ प्रतिशतसम्म लाभांश दिएको थियो । प्रस्तावित लाभांश राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
गत वर्षको चौमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैकको चुक्ता पुँजी ३ अर्ब १ करोड रूपैयाँ छ । उसको जगेडा कोषमा ८४ करोड रूपैयाँ छ । गत वर्ष बैकले ५० करोड रूपैयाँ नाफा गरेको थियो ।
तपाईको प्रतिक्रिया