३ कात्तिक/अर्थ र व्यापार– पुँजी वृद्धिका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले आगामी कात्तिक २६ गते हुने तेस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव मार्फत धितोपत्र दर्ता गरी आइपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीको साधारणसभाले संचालक समितिको प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने र लेखापरिक्षकको नियुक्तिको निर्णय तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव सभा पेश हुने छन् ।
हाल कम्पनीले संस्थापक सेयरधनीहरुबाट १ अर्ब ५४ करोड चुक्ता पुँजी कायम गरेको छ । कम्पनीले २ अर्ब चुक्ता पुँजी कायम गर्नका लागि ४६ करोड बराबरको ४६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको हो ।
कम्पनीको साधारणसभाले उक्त सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डका निवेदन दिनेछ ।
तपाईको प्रतिक्रिया