३० फागुन /अर्थ र व्यापार - ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । ज्योतिले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो । हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने सम्बनधमा दुई संस्थाहरुबीच गत असार ३१ गते सम्झौता भएको थियो ।
त्यसको करिब ८ महिना पछि अर्थात फागुन २७ गते कम्पनी रजिष्टारको कार्यलयबाट स्वीकृति पाएको हो । त्यससंगै चैत १५ गते देखि ज्योति विकास बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । नेपाल राष्ट्र बैंकले भने गत पुष १२ गते नै २ संस्थालाई गाभिनका लागि अन्तिम स्वीकृति दिएको थियो ।
तपाईको प्रतिक्रिया