२२ जेठ / अर्थ र व्यापार - जेविल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जानका लागि असार ६ गते विशेष साधारणसभा डाकेका छन् । बैंकले जेविल्स फाइनान्सलाई १०० कित्ता बराबर ३३ कित्ताको अनुपातमा गाभ्न लागेको छ ।
हाल जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ३८ लाख रुपैयाँ रहेको छ । डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियो अनुसार जेविल्स फाइनान्सको शेयर पूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्ने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
फाइनान्सलाई गाभेसँगै बैंकको चुक्ता पूँजी १२ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ । विशेष साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले गाभ्ने प्रस्ताव पारित भएसँगै एकिकृत कारोबार नभएसम्मका लागि संञ्चालक समिति यथावत रहनेछ । विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिला खारेज कार्य जेठ २७ गते एक दिन बन्द रहने फाइनान्सले जनाएको छ । फाइनान्सलाई गाभेसँगै बैंकको शेयर संरचना पनि परिवर्तन हुने भएकोले बैंकको प्रवन्धपत्रको संसोधन गर्ने विशेष प्रस्ताव साधारणसभा लगिएको छ ।
बैंकले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २९ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया