logo

जेबिल्स फाइनान्सद्वारा बैशाख २० गते साधारण सभा आह्वान

    648   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार  - जेबिल्स फाइनान्सद्वारा आगामी बैशाख २० गते शुक्रबार साधारण सभा आह्वान गरिएको छ । आर्थिक वर्ष २०७३र७४को पनि साधारण सभा गर्न बाँकी रहेको फाइनान्सले २०७४र७५ को सहित एकैदिन दुई आर्थिक वर्षको सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँको ३.५७ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट ४० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० को १.२४ प्रतिशत बोनस प्रस्तावलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । 

दुबै आर्थिक वर्षको बोनस वितरणमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले १५ लाख २० हजार ८२२ रूपैयाँ र ५ लाख २८ हजार २९ रूपैयाँ गरि २० लाख ४८ हजार ८५१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको फाइनान्सले मर्जर तथा एक्वीजिशनमा सम्बन्धिमा थप छलफल गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

साधारण सभाका लागि फाइनान्सले बैशाख ५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ४ गतेसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने प्रकृयामा जाने भएपछि फागुन २७ गतेदेखि नै फाइनान्सको शेयर कारोबार बन्द छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।