२८ फागुन /अर्थ र व्यापार- जेविल्स फाइनान्सले नविकेको संस्थापक शेयर बोलकबोल लिलामको लागि खुला गरेको छ । संस्थाले गत साउनमा चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।
हकप्रद शेयर निष्काशन गर्दा संस्थापक समुहतर्फ ६ लाख ६५ हजार कित्ता र सर्वसाधारणतर्फ तीन लाख ३१ हजार कित्ता शेयर बिक्री भएको थिएन । पहिलो पटक बोलकबोल लिलाम आह्वान गर्दा सर्वसाधारण तर्फको हकप्रद शेयर बिक्री भए पनि संस्थापकतर्फको भने तीन लाख ४० हजार कित्ताको लागि आवेदन परेको थिएन ।
पहिलो पटक बिक्री हुन नसकेपछि संस्थाले चैत्र ५ गतेदेखि १३ गतेसम्म पुनः बोलकबोल आह्वान गरेको हो । बोलकबोल निवेदन दिदा न्युनतम १००० कित्ता र अधिकतम माग गरिए बराबरकै लागि आह्वान गर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । दोस्रो बजारमा आधार मूल्य भन्दा पनि तल झरेर कारोबार भए पछि संस्थाको शेयरमा लिलाम आवदेन परेको थिएन । नेपाल इन्भेष्टमेन्ट बैंक सँग गाभिने संस्थाको संझौता सँगै संस्था आज पुनः सूचना जारी गरेको हो ।
तपाईको प्रतिक्रिया