logo

असार २३ गते जेबिल्सको विशेष साधारण सभा 

    1542   पटक पढिएको


९ असार / अर्थ र व्यापार – जेविल्स फाईनान्स कम्पनीले असार २३ गते कालिमाटी ब्यांक्वेटमा दिउँसो १२–१५ बजे विशेष साधारण बोलाएको छ । सो सभामा सातौं वार्षिक साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रदपछि कायम हुने पूँजीमा फेरी ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाँदैछ । 

फाईनान्सले शतप्रतिशत हकप्रद जारीपछि कायम हुने चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रुपैयाँको फेरी ४० प्रतिशत अर्थात २३ करोड ११ लाख ६द्ध हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो । फाईनान्सले शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ ।

त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने प्रयोजनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने तथा आवश्यक विघान संसोधनका लागि अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव रहेको छ । 

यसअनुसार विशेष साधारणसभामा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् । २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो तैमासमा एक करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६.७२ रुपैयाँ कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।