२७ जेठ / अर्थ र व्यापार - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि चुक्ता पूँजीको सत् प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाको हालको चुक्ता पूँजी दुई करोड ८८ लाख रुपैयाँ रहेको छ । सत् प्रतिशत हकप्रद शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ५ करोड ५६ लाख रुपैयाँ पुग्ने छ ।
संस्थाले निष्काशन गरेको हकप्रद असार १ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन् । उनीहरुले साउन १५ गतेसम्म हकप्रदका लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । हकप्रद आवदेनका लागि जनउत्थानका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र आस्वा प्रणालीबाट पाइनेछ ।
तपाईको प्रतिक्रिया