१६ फागुन /अर्थ र व्यापार - जनउत्थान सामुदायिक लघुवित्तले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । चुक्ता पूँजी वृद्धि गर्न लघुवित्तले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने स्वीकृती माग गरेको हो ।
लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ५७ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ८५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले हकप्रद जारी गर्न बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई छनोट गरेको छ ।
तपाईको प्रतिक्रिया