१९ बैशाख /अर्थ र व्यापार - जनसेवी लघुवित्त वित्तीय संस्थाले यहि बैशाख २७ गतेदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने भएको छ । साधारण शेयर जारी गर्न कम्पनीले बिहीबार आह्वानपत्र प्रकाशन गरेको छ । लघुवित्तले जारी गरेको पूँजीको ३२.१० प्रतिशत साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको हो । लघुवित्तले प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँको चार लाख ६३ हजार ३ सय कित्ता शेयर जारी गर्न लागेको हो ।
यस आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । तर लघुवित्तको १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले आईपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ । लघुवित्तले निष्काशन गर्ने कूल चार लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र ७ हजार १४५ कित्ता कर्मचारीकालागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।
लघुवित्तको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो शेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया