logo

जनसेवी लघुवित्तको चार लाख ६३ हजार ३०० कित्ता शेयर निष्काशन

    937   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - जनसेवी लघुवित्त वित्तीय संस्थाले आजदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गरेको छ । संस्थाले पहिलो चरणमा वैशाख ३१ गतेसम्म निष्काशन गर्ने छ । यदि पहिलो चरणमा शेयर बिक्री नभएको खण्डमा ढिलोमा जेठ २६ गतेसम्म निष्काशन गर्न सक्ने छ । 

संस्थाले चार लाख ६३ हजार ३०० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।संस्थाले ७ हजार १४५ कित्ता कर्मचारीका लागि र २३ हजार १६५ कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सर्वसाधारणको लागि बिक्री गरेको छ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । 
संस्थाले प्राथमिक शेयर निष्काशन गरेसँगै संस्थापकतर्फ ९ करोड ८० लाख र सर्वसाधारण समुहतर्फ चार करोड ६३ लाख रुपैयाँ सहित जम्मा पूँजी १४ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । 

प्राथमिक शेयरमा आवदेन दिनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता खोलेकाले अनलाइनबाटै आवेदन दिन सकिनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।