logo

जनउत्थान सामुदायिक लघुवित्तद्वारा शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव

    1111   पटक पढिएको

१५ माघ/ अर्थ र व्यापार  - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

अघिल्लो वर्षमा पनि कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसअनुसार लघुवित्तले  ५७ लाख ६० हजार रूपैयाँको बोनस शेयर र  बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत प्रदान गरि लघुवित्तको आगामी वार्षिक साधारण सभामाबाट अनुमोदन पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

लघुवित्तले यस अघिको वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित भइ प्रकृयामा रहेकाले उक्त हकप्रदलाई समायोजन गर्दा बोनसदर १० प्रतिशत कायम हुने कम्पनीले स्पष्ट पारेको छ । हाल २ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको हकप्रद र बोनसपछि ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ७२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएर  प्रतिशेयर आम्दानी वार्षिक ५० रुपैयाँ १८ पैसा  कायम गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।