६ पुस/ अर्थ र व्यापार - बैंकर्स संघले बिहीबार फेरि भद्र सहमति गरेपछि जनता बैंकले यसअघि बढाएको ब्याज दरको स्किम बन्द गरेको छ । बैंकले १२ प्रतिशत दिँदै आएको निक्षेपको स्किम बन्द गरेको हो ।
विगत केही समयदेखि देखिएको बजारको तरलता अवस्थालाई मध्यनजर गरी लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकर्स संघले बिहीबार ब्यक्तिगत मुद्दति निक्षेपको ब्याज दर ९.२५ प्रतिशतमा झार्ने निर्णय गरेको थियो । सहमति आजबाट लागू भएको छ ।
संघले बचत खाताको ब्याज साढे ६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको ब्याज दर साढे ८ प्रतिशतमा झार्ने सहमति गरेको छ । यसै अनुसार जनता बैंकले पुरानो स्किम बन्द गर्ने निर्णय गरेको हो।
तपाईको प्रतिक्रिया