logo

जनता बैंकको वित्तिय विवरण सार्वजनिक, नाफामा ३० करोड ११ लाखले बढोत्तरी

    838   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार - जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा र लाभांश क्षमता करिब दोब्बर बनाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस्तै जगेडा कोषको आकार १६९ प्रतिशत, तथा निक्षेप र कर्जा करिब ३० प्रतिशत हाराहारीमा बढाएको बैंकको खराब कर्जा अनुपात समेत घटेको छ ।

जनता बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ६३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.२६ प्रतिशत अर्थात ३० करोड ११ लाखले बढोत्तरी भएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ३३ करोड ३५ लाख रुपैयाँमा सीमित थियो ।

बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल फाइनान्सिङ्ग रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार लाभांश क्षमता (फ्रि प्रोफिट) मा गत आवको पुसको तुलनामा २५ करोड ८६ लाख रुपैयाँ बढेर ५३ करोड ४ लाख कायम भएको छ । गत वर्ष यसै अवधि बैंकको फ्रि प्रोफिट २७ करोड १७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ९५.१९ प्रतिशतले बढेको छ । यद्यपी बैंकले आर्जन गरेको ६३ करोड ४६ लाख खुद नाफाबाट राष्ट्र  बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट बैंकले १० करोड ४२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा लाभांश क्षमता घटेको छ । गत आवको नाफाबाट नगद लाभांश मात्र वितरण गरेको बैंकको प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ ५३ पैसाले सुधार आएको छ । गत पुस मसान्तमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ३४ पैसा रहेकोमा बढेर १५ रुपैयाँ ८७ पैसा कायम भएको हो । बैंकको चुक्ता पूँजी ८ अर्बमा स्थिर रहेको छ ।बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा छ भने मूल्य आम्दानी अनुपात १०.६५ गुणा बढी छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष आकर्षक वृद्धि भएको छ । यस अवधिमा बैंकको जगेडा कोष १६९.२१ प्रतिशतले बढोत्तरी भएर तीन अर्ब तीन करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ थियो । चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकले ६८ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलन २९.६१ प्रतिशत अर्थात १५ अर्ब ६३ करोड र कर्जा परिचालन ३१.८७ प्रतिशत अर्थात १५ अर्ब ३८ करोड रुपैयाँले बढेको हो । गत आवको पुससम्म बैंकले ५२ अर्ब ८० करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब २६ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चालू आवको ६ महिना अवधिमा जनता बैंकले एक अर्ब ५८ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ४ अर्ब ५ करोड ५१ लाख ब्याज आम्दानी गरि २ अर्ब ४७ करोड २९ लाख रुपैयाँ ब्याज खर्च गरको हो । बैंकको खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४७.८६ प्रतिशत अर्थात ५१ करोड २१ लाख रुपैयाँ धेरै हो । गत आवको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।