logo

जनता बैंक नेपालको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्य नियुक्त

    1940   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - जनता बैंक नेपालको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सिभिल बैंकका नायव महाप्रबन्धक शाक्यलाई डेपुटी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।
तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरुलाई स्वेच्छिक अवकास दिएपछि जनता बैंकले सिभिलबाट शाक्यलाई ल्याएको हो । बैंकले केही साताअघि मात्रै नायव प्रमुख कार्यकारीहरु पृथ्वी श्रेष्ठ, अजय मिश्र र सागर घिमिरेलाई स्वेच्छिक अवकाश प्याकेज ल्याएर बिदा गरेको थियो । पृथ्वी जनतामै थिए भने अजय सिद्धार्थ डेभलपमेन्ट बैंक र सागर त्रिवेणी विकास बैंकमा थिए । मर्ज भएपछि अजय र सागरलाई पृथ्वीसँगै डेपुटी सिइओ बनाइएको थियो ।

सुजितमा हिमालयन, एनआइसी, बैंक अफ एसिया नेपालमा काम गरेको अनुभव छ । उनी एनबी बैंकसँग मर्ज भएको श्रीलंका फाइनान्समा पनि थिए । जनता बैंकले प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीको ‘सक्सेसर’ का रुपमा सुजितलाई ल्याएको हो । स्रोतहरुका अनुसार, आगामी दुई बर्षपछि अहिलेका डेपुटी सिइओलाई नै प्रमुख कार्यकारी बनाउने बैंकको तयारी छ । 

डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनका लागि प्रमुख कार्यकारी भइसकेकादेखि पुर्व र वहालवाला बैंकरले समेत आवेदन दिएका थिए । सबैलाई उछिन्दै शाक्यले बाजी मारेका हुन् । शाक्यले अब सिभिल बैंकमा तीन महिनाको नोटिस दिनु पर्छ । बैंकले तत्कालै उनलाई ‘रिलिज’ गरिदिए उनी जनता बैंक गइहाल्छन् । यदि तीन महिनासम्म ‘होल्ड’ गरेमा त्यसपछि मात्र जनता बैंक जाने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।