logo

जनता बैंक ९ वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश

    1439   पटक पढिएको

२५ चैत्र /अर्थ र व्यापार - जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्ममा बैंकले ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।

दश वर्ष अवधिमा बैंकको शाखा संख्या १२८, एटिम ९४ वटा तथा पचास शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै आएको छ । साथै बैंकिङ्ग यात्रामा निरन्तर साथ दिनुभएका हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ ।

दशौं वर्ष प्रवेशको यस शुभ–अवसरमा समाज प्रतिको दायित्व पुरा गर्न बैंकले चैत २३ गते बिहान बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गरेको थियो । यसैगरि ‘स्वस्थ्य नारी पहल’ अभियान अन्तर्गत केन्द्रीय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथली, कुन्तावेशी शाखा, काभ्रेपलाञ्चोक, सुर्खेत शाखा, विरेन्द्रनगर रुपनी शाखा, सप्तरीमा स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

बैंकले थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा बृहत रक्तदान कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन गरेको छ । साथै बैंकले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत जना विद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण गरेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।