२५ मंसिर/ अर्थ र व्यापार - जनता बैंकले गत आर्थिक बर्षको नाफाबाट ८.५० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । बैंकको २६७औं सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट लाभांस दिने भएको हो ।
बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ । नाफाबाट लगानीकर्ताले ६८ करोड रुपैयाँ नगद पाउने छन् । बैंकले गत आर्थिक बर्षमा ९३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो। प्रति शेयर आम्दानी ११ रुपैयाँ थियो । बैंकले अघिल्ला दुई आर्थिक बर्षमा पूँजी जुटाउन बोनस शेयर प्रदान गरेको भए पनि यस वर्ष पूँजी जुटेसँगै नगदमै जोड दिएको हो ।
तपाईको प्रतिक्रिया