logo

जनसेवी लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

    963   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार- जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले सोमवार बाँडफाँड गर्ने जानकारी दिएको हो ।

यस आईपीओमा मागभन्दा १४ गुणा बढी आवेदन परेको छ । ३ लाख ३८ हजार ३७ आवेदकबाट ६१ लाख ८१ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका बमोजिम लघुवित्तको आईपिओ ४३ हजार २९९ जना आवेदकले मात्र आईपिओ पाउनेछन् । यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो । आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ ।

कम्पनीले वैशाख २७ गतेदेखि कुल ४ लाख ६३ हजार ३ सय कित्तामध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार ९ सय ९० कित्ता आईपीओ निष्कासन गरेको थियो । यस बाहेक ७ हजार १ सय ४५ कित्ता शेयर कर्मचारीको लागि, २३ हजार १ सय ६५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । हाल कम्पनीको चुक्तापूँजी  ९ करोड ८० लाख रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।