logo

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद शेयरको आवेदन आजदेखि खुला   

    1314   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद शेयरको आवेदन आजदेखि खुला   गरिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । 

यस हकप्रदमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेकाले असार १ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

हकप्रद शेयर खरिदका लागि कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड , जनउत्थान सामुदायिक लघुवित्तको सम्पूर्ण शाखाहरु  र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । साथै, मेरो शेयर एप मार्फत पनि आवेदन दिन सकिनेछ । 

हाल कम्पनीको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ भने हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
 

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।