४ असार / अर्थ र व्यापार - रिलायबल माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद विक्री गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरको छ । बोर्डले रिलायबलाई एक सय रुपैया अंकित मूल्यको दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद जारी गर्न अनुमति प्रदान गरेको हो ।
रिलायबल माइक्रोफाइनान्स कम्पनीले हकप्रद विक्री गर्न सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकको रुपमा तोकेको छ । हाल रिलायबको चुक्ता पूँजी पाँँच करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी आठ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया