logo

भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुको भिसा कार्ड लोयल्टी योजना २०१९ सार्वजनिक

    1181   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - नयाँ वर्ष २०१९ को शुुभारम्भसँगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुको भिसा कार्ड लोयल्टी योजना २०१९ सार्वजनिक भएको छ । यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म ४ महिना लागू हुुने जनाइएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सन्डे फन डे र वाहु ओईनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्वजनिक गरिएको छ । सन्डे फन डे अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड बाहकहरुले हरेक आइतबार देशभरका पोइन्ट अफ सेल टर्मिनलहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् । वाहु ओईनस्डे योजना अन्तर्गत भिसा डोमेस्टिक कार्ड बाहकहरुले भाटभटेनी सुुपरमार्केटका देशभरीका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम ७५० रुपैयाँसम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।

यस योजनाबाट नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसिसि बैंक, सानिमा बैंक, सेञ्चुरी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, गरिमा विकास बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाइनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।यस किसिमको योजनाबाट नगद रहित कारोबारलाई प्रोत्साहन हुुने र सुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकर्षित हुुनेमा बैंकहरु विश्वस्त छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।