८ असार / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ ।
बचत खातामा भने न्यूनतम ३.२५ देखि ५.५० प्रतिशतसम्म ब्याजदर रहेको बैंकले जनाएको छ । बैंकका अनुसार अहिले आधार मूल्य (बेसरेट) ८.५४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा १५.०४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिएको छ ।
बैंकबाट ब्याज लिँदा ओभरड्राफ्ट कर्जा लिँदा १५.०४ प्रतिशत, हायर पर्चेज कर्जा लिँदा १५.०४ प्रतिशत ब्याज लाग्ने छ । यस्तै सेयर धितो राखेर ऋण लिँदा १४.५४ र शिक्षका लागि कर्जा लिँदा १४.७९ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया