logo

एक अर्ब बढी कोरोना बीमा भुक्तानी, अझै ३ अर्ब भुक्तानी गर्न बाँकी

    1481   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार– कोरोना बीमाको भुक्तानी गर्न अर्थमन्त्रालयको दईपटकको निर्देशन पश्चात पछिल्ला केही दिनयता भुक्तानीको दर उल्लेख्य रुपमा बढेको छ । 

सोमबारसम्म ११ हजार १ सय ५४ जनाको १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ कोरोना बीमाको भुक्तानी भइसकेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना मध्ये ११ हजार १ सय ५४ जनाले भुक्तानी पाइसकेको बताए । आज मंगलबारमात्रै १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेको पौडेलले  जानकारी दिए।

निर्देशक पौडेलले निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इडीसीडीमा ३ हजार ६ सय ३९ वटा फाइल पुगेको जानकारी दिए । उनले इडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेकोे बताए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ भने १ हजार ५ सय ७१ जनाको फाइल कागजातहरु पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका छन् । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ ।

बिमा कम्पनीहरुले संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका थिए ।

बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डले यसअघि कागजातहरु भेरिफिकेशन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने बताए ।

बिमा कम्पनीहरुले अझै ३ अर्बभन्दा बढी रकम बराबरको दाबी गर्न बाँकी रहेको तथ्यांकले देखाएको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।