logo

ग्राहकलाई सजिलो सेवा दिन बीमा कम्पनीलाई आग्रह

    1217   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-ग्राहकलाई चुस्त र सहज सेवा दिन बीमा कप्पनीहरुलाई बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले निर्देशन दिएका छन । सो निर्देशन एनबी ईन्स्योरेन्सले ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको शाखाको उद्घाटन गर्दे चापागाईले दिएका हुन ।

सबैले आ आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पाउनुपर्छ । एनबी ईन्स्योरेन्सले छोटो समयमानै आफ्नो साखा स्थापित गर्न सफल भएको छ ।

सोही अवसरमा एनबी ईन्स्योरेन्सले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध गरे । 

उक्त कार्यक्रमले चालु आ.ब. को तेश्रो त्रेमाससम्ममा ४९ कारोड बीमा शुल्क आर्जन गरी ६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको र हालसम्म करिब ६० करोड बीमा शुल्क आर्जन गरेको जानकारी पनि दिए ।

इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैंयाँ पुग्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।